तीजकै अघिल्लो दिन ७ सयले सस्तियो सुनको मूल्य

वि.सं.२०७८ भदौ २३ बुधवार

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
यो दिन छापावाला सुन प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला छापावाला सुन ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन ९० हजार २०० रुपैयाँमा आएको हो ।
हिजो मंगलबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
२०७८ भदौ २३ गते प्रकाशित

प्रकाशित समय : १३:२९ बजे