आज थप १,६७७ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७८ भदौ २२ मंगलवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।
२०७८ भदौ २२ गते प्रकाशित

प्रकाशित समय : १६:५९ बजे