नेप्से सूचकका साथसाथै कारोबार रकममा पनि गिरावट
वि.सं.२०७८ भदौ २२ मंगलवार
काठमाडौँ । साताको तेस्रो दिन आज बजार घटेको छ । सेयर बजारमा आजको दिन नेप्से सूचकका साथसाथै कारोबार रकममा पनि गिरावट आएको छ । यो दिन नेप्से ४४ अंकले घटेको छ भने कारोबार रकम पनि साढे ७ करोडको वरिपरि भएको छ ।
आज कारोबारमा आएका २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार बराबरको कारोबार भएको छ ।
यति कारोबार हुँदा नेप्से सूचक ४४.६१ घटेर २९३६.६१ बिन्दूमा कायम भएको छ ।
यस्तै आइपीओ जारी गरेपछि अघिल्लो साता मात्रै कारोबारमा आएको सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयर मूल्य आज ४५२ रुपैयाँ पुगेको छ ।
२०७८ भदौ २२ गते प्रकाशित
प्रकाशित समय : १५:३३ बजे