back

भारतमा दैनिक कोरोनाका संक्रमित ९ हजारले घटे

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।

पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी एक दिनमा ४२ हजार ९४२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख २४ हजार ९३७ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ ।

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुँदै आएको छ । त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि बृद्धि भएको छ ।

मङ्गलबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९२ हजार ८६४ जना छन् ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

२०७८ भदौ २२ गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १६:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल...

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १२:१०

काठमाडौं । मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप...

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

वि.सं.२०८१ असोज २० आइतवार १८:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...