back

काठमाडौँको सिडीओमा गोबिन्द रिजाल

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को जिम्मेवारी गोबिन्द रिजालले पाएका छन् ।

गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उक्त प्रजिअ पदमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।

पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

रिजाल सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका छन् । साथै आफ्नो अहिलेसम्मको कार्यक्षेत्रमा राम्रो छवि राखेर उल्लेख्य काम गर्दै आएका छन् ।

रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा पनि चिनिन्छन् ।
रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना भन्दा बढी समय सिडिओ भएका थिए ।

२०७८ भदौ २२ गते प्रकाशित


आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२८

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप...