back

चेपाङ समुदायले न्वागी (छोनाम) मनाउँदै आज

काठमाडौँ । चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाइँदै छ । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङका अनुसार चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते यो पर्व मनाउँदै आएको छ ।

चेपाङ समुदायले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा न्वागी पर्व मनाउने गरेको उनले बताए। महासचिव आइतसिङका अनुसार चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।

न्वागीका दिन चेपाङ झाँक्री पान्देहरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको उनले बताए ।

विसं २०६३ देखि चेपाङ समुदायले नेपाल चेपाङ सङ्घको आयोजनामा यो पर्व सामूहिकरूपमा मनाउँदै आएको हो । त्यसअघि चेपाङ समुदायले परापूर्वकालदेखि नै टोलटोलमा जम्मा भएर यो पर्व मनाउँदै आएका थिए । सङ्घले चेपाङ समुदायको बसोबास गर्ने जिल्ला र पालिकामा हरेक वर्ष आलोपालो गरी कार्यक्रम आयोजना गर्दै आएका छन् ।

उनका अनुसार यस वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरमा सामूहिक कार्यक्रम आयोजना गरिने भएको छ । चैनपुरमा उपस्थित हुन नसक्नेहरूले गाउँ टोलमै विधिपूर्वक न्वागी मनाउनेछन् । नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेका छन् ।

२०७८ भदौ २२ गते प्रकाशित


अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०१

काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४३

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक...

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १६:२८

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको...

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने...