युनिलिभर नेपालको लाभांश घोषणा, एजिएम भएको ४५ दिनभित्र वितरण गरिसक्ने
वि.सं.२०७८ भदौ २२ मंगलवार
काठमाडौँ । युनिलिभर नेपालले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गर्ने निणय भएकाले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।
कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।
२०७८ भदौ २२ गते प्रकाशित
प्रकाशित समय : १०:३५ बजे