सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना, २ लाखसम्म नगद छुट पाइने

वि.सं.२०७८ भदौ २१ सोमवार

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यसपालिको दसैंतिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। यसकासाथै क्लियरेन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरुमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन्। सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्रीवितरण गर्दै आएको छ।
यो योजना सीमित अवधिका लागिमात्र जारी गरिएको कम्पनीले जनाएको छ।
२०७८ भदौ २१ गते प्रकाशित

प्रकाशित समय : १२:२३ बजे