back

नेचर सुपर मार्केटले ल्यायो ‘तीज विशेष अफर’, सामान खरिदमा उपहार नै उपहार

काठमाडौँ । नेचर सुपर मार्केट प्रा।लि।ले महिलाहरुको महान पर्व तीजलाई लक्षित गरेर ‘तीज विशेष अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले सामान खरिदमा विशेष उपहार प्राप्त गर्नेछन् ।

भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए ।

अफर अन्तर्गत १ हजार ५ सय रुपैयाँदेखि २ हजार ४ सय ९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्नेछन् । २ हजार ५ सय रुपैयाँदेखि ४ हजार ९ सय ९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्नेछन् भने ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिनेछ ।

नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागु हुनेछ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपर मार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको सुविधा निःशुल्क उपलब्ध रहेको धामीले जानकारी दिए ।

‘उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी नेचर सुपरमार्केट प्रा.लि.ले समय समय उपभोक्ता मुखी विभिन्न खालका अफरहरु ल्याइरहेको छ,’ सञ्चालक धामीले भने, ‘आगामी दिनमा पनि विभिन्न खालका अफरहरु ल्याउनेछौं ।’

२०७८ भदौ २० गते प्रकाशित


जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका...

विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा, सरकारले चाेर बाटाेबाट लाइसेन्स दिँदैछ: प्रचण्ड

विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा, सरकारले चाेर बाटाेबाट लाइसेन्स दिँदैछ: प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३१

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालले अहिलेकाे सरकार...

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ : मन्त्री गुरुङ

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ : मन्त्री गुरुङ

वि.सं.२०८१ माघ २४ बिहीवार १६:१९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी...