back

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् ।

सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।

ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फते जानकारी गराएअनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनाउनु हुनेछ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमको लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ । उहाँहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउनुहुने वक्तव्यमा उल्लेख छ ।

शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्यूरोको सेप्टेम्बर ११ को जाँचसँग सम्बन्धित कागजातहरूको वर्गीकरण समीक्षा निरीक्षण गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरी आगामी छ महिनामा वर्गीकृत कागजातहरू सार्वजनिक गर्न निर्देशन गरेका थिए ।

सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो । आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए ।

अल कायदाका परिचालक निकायद्वारा अपहरण गरिएका विमानहरूलाई १०२ मिनेटको अवधिमा तिनीहरूमा ठोक्याएर दुर्घटना गराएपछि न्यूयोर्कको विश्व व्यापार केन्द्रका दुवै टावरहरू ढलका थिए ।

२०७८ भदौ २० गते प्रकाशित


भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१४

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत...

सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:५१

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।...