back

कुलमानको नियुत्ति विरुद्धको रिटमा आज सुनुवाई हुदै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको नियुक्ति विरुद्ध दायर भएको रिटमा आज दोस्रो सुनुवाई हुने भएको वछ । आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको उक्त मुद्दाको सुनुवाई हुन लागेको हो ।

यस अघि पनि जबरा कै इजलाशमा यस मुद्दाको पहिलो सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा सर्वोच्चले घिसिङलाई प्राधिकरणमा नियुक्त गर्दाको सक्कल कागजात ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।

प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले कुलमान कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र डे शाक्य प्राधिकरणबाट जल तथा उर्जा आयोगमा नियुक्त भएको, र प्राधिकरणले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्दा भएका सम्झौताको सक्कल फाइल ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले रिटमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरिएको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अनतरिम आदेश माग गरेका थिए । आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनले उल्लेख गरेका थिए । उनले आफुलाई सो पदमा पुनर्बहाली गर्न पनि आदेशको माग गरेका थिए ।

तर अदालतले भने पहिलो सुनुवाईमा उनको माग बमोजिम कुनै पनि आदेश जारी नगरी सबै सक्कल फाइलहरु झिकाउन आदेश दिएको थियो । सोहि मुद्दामा आज दोस्रो सुनुवाई हुन लागेको हो ।

शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको भनिएपनि उनी सर्वोच्च गएका हुन् ।

२०७८ भदौ २० गते प्रकाशित


प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४२

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...