back

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट दुई डेपुटी सीईओसहित डिजीएमले पाए अवकाश

काठमाडौँ । बुटवलमा केन्द्रीय रहेको राष्ट्रिय स्तरको साइन रेसुङ्गा विकास बैङ्कबाट दुई डेपुटी सीईओ र एक डिजिएमले स्वैच्छिक अवकाश लिएका छन् ।

३ ओटा विकास बैङ्क मर्जर भएर बनेको साइन रेसुङ्गा विकास बैङ्कमा डेपुटी सीईओ रहेका प्रकाश गुरुङ, पुष्करराज जोशी तथा डिजीएम सार्जन भट्टराईले अवकाश लिएका हुन्।

बैंककमा सिनियर कर्मचारी धेरै भएकोले बैङ्क सञ्चालक समितिले भिआरएस निकालेको थियो । बैङ्कले अवकाश लिने तिनै जना कर्मचारीलाई १८ महिनाको तलब भत्ता सुविधा तथा गाडी सुविधासमेत प्रदान गरेको छ । २ वर्षअघि मर्ज भएर साइन रेसुङ्गा विकास बैङ्क बनेको सो बैङ्कमा प्रकाश गुरुङ पूर्णिमा विकास बैङ्कबाट र पुष्करराज जोशी भार्गव विकास बैङ्कको सीईओ रहेका थिए ।

त्यसैगरी सार्जन भट्टराई साइनको जिएम रहेका थिए । तिनै जनाले अवकाश लिएपछि बैङ्कको डेपुटी सीईओमा लोकराज पनेरु मात्र रहेका छन् भने सीईओ प्रकाश पौडेलले निरन्तरता पाएका छन् ।

पौडेलको कार्यकाल १६ महिना मात्र बाँकी हुँदा सिनियर कर्मचारीले अवकाश लिएका हुन् । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा विकास बैङ्कले काठमाडौंमासमेत ५ ओटा शाखा खोलेर कारोबार बढाइरहेको छ ।

२०७८ भदौ २० गते प्रकाशित


फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

वि.सं.२०८१ जेठ ९ बुधवार १४:०६

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ जेठ ९ बुधवार १३:५५

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

१० महिनामा मुलुकको व्यापार : तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

वि.सं.२०८१ जेठ ७ सोमवार २२:४६

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११...

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...