back

बैंक अफ काठमाण्डूद्धारा कुशे औंसी र हरितालिका तीज लक्षित नगद फिर्ता योजना सार्वजनीक

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेका चाडपर्व कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ।

उक्त योजनाअन्तर्गत ग्राहकले मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डका माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० सम्मको नगद फिर्ता पाउने छन्। ग्राहकले नगद फिर्ता योजनामा सहभागी हुनका लागि अनलाइन अडरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङ्ग (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत ई–कम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ।

यो योजना आज भदौ २० गतेदेखि यही भदौ २४ गतेसम्म लागू हुनेछ। यस योजनामा सहभागीपश्चात् प्रयोगकर्ताबाट कारोबार भएको मूल्यको २५ प्रतिशत वा ५०० सम्मको नगद फिर्ता कारोबार भएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ। ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटकसम्म प्रयोग गर्न सक्ने बैंकको भनाइ छ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

नेपालीहरुको महान चाडपर्व कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सबैलाई बैंकले हार्दिक शुभकामना व्यक्त गरेको छ। यसका साथै चाडपर्वहरु हर्षोेल्लासका साथ घरै बसी सुरक्षित तरिकाले मनाउन पनि बैंकले अनुरोध गरेको छ।

२०७८ भदौ २० गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...