आइएमई जनरलले दियो ४० हकप्रद शेयर निष्काशन बोर्डमा आवेदन

वि.सं.२०७८ भदौ १८ शुक्रवार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्नको लागि बोर्डसमक्ष अनुमति माग गरेको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको हो ।
कम्पनीले बोनश शेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शयर निष्काशन तथा बिक्री गर्न नेपाल घितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले आवेदन दिएपछि कम्पनीले हकप्रद शेयर जारी गर्ने छ ।
कम्पनीको २३ औँ वार्षिक साधारण सभा र बीमा समितिले हकप्रद निष्काशन गर्न स्वीकृति दिईसकेको छ ।
२०७८ भदौ १८ गते प्रकाशित

प्रकाशित समय : १५:४४ बजे