back

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट निशुल्क पैसा पठाउँन सकिने

काठमाडौँ । एन आई सी एशिया बैंकले बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत आन्तिरिकि रेमिट्यान्स पठाउँदा सेवा शूल्क स्वरुपको पैसा नलाग्ने भएको छ । सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले दुई महिनाको लागि निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको हो ।

बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिने छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो NIC ASIA MoBank बाट रेमिट रकम सहज रुपमा पठाउन सकिने छ ।

यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने छ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

२०७८ भदौ १७ गते प्रकाशित


विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:५६

काठमाण्डौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने...

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:५२

काठमाण्डौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ...

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:४०

काठमाण्डौँ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार...

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३७

काठमाण्डौँ ।  सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक...

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३२

काठमाण्डौँ ।  सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:२९

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...