back

सिडिओ पराजुलीले भने “उपत्यकामा निषेधाज्ञा हट्यो, ‘निषेध’ हटाएर ‘आदेश’ जारी गर्यौ”

काठमाडौँ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा पूर्णरुपमा अटाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर बुधबारदेखि ‘आदेश’ जारी गरेका हुन्।

सिडिओ पराजुलीका अनुसार ती आदेशहरू आज देखि भदौ मसान्तसम्म लागू हुनेछन्।
‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं। स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,’ उनले भने।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो आदेश जारी गरेका हुन्। निषेधाज्ञा हटेर आदेश जारी भएसँगै पढनपाठन पनि व्यवस्थित रुपमा भौतिक उपस्थितिमा गर्ने पाईने भएको छ । यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पाइदैन थियो।
अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।

ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्।
२०७८ भदौ १७ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...