सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौँ । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ सयको गिरावट आएको हो । योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।
२०७८ भदौ १६ गते प्रकाशित

प्रकाशित समय : ११:४४ बजे