back

तीज र बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा आकर्षक प्याकेजको घोषणा

काठमाडौँ। नर्भिक इन्टरनेसनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान चाड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुवाको मुख हेर्ने दिन’ लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।

नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो। भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तीज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ। बेसिक प्याकेज लिँदा अरु बेलाको रेट ८ हजार रहेकोमा तीजका अवसरमा रु। ६ हजार ६६६ कायम गरिएको छ।

यस्तै ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरु बेला  १० हजार पर्नेमा तीजमा छुट गरी ७ हजार ७७७ कायम गरिएको छ।
यसैगरी मेमोग्रामसहितको बेसिक प्याकेजको अरु बेलाको मूल्य १३ हजार ४०० रहेकोमा तीजको अफरअन्तर्गत  ९ हजार ९९९ तोकिएको छ।

बेसिक तीज प्याकेजअन्तर्गत सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, ईसीजी, अल्ट्रासाउन्ड, युरिन रुटिनलगायतका जाँच पर्नेछन्। यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ।

यस्तै, नर्भिकले बुवाको मुख हेर्ने दिनका अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ। अरु बेला ८ हजार ६५० पर्ने प्याकेजलाई  ६ हजार ५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो। यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ।

फादर्स डे प्याकेजमा ईएसआर, चेस्ट पीए, ईसीजी, सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टिजेन, पोटासियम, युरिन रुटिनलगायतका जाँचहरु पर्नेछन्।

यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्यान्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिनेछ।
२०७८ भदौ १४ गते प्रकाशित


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...