जनता आवासको जालझेल,मुसहर समुदायको बिचल्ली

वि.सं.२०७८ भदौ १४ सोमवार

रौतहट । लगातार बर्षातका कारण चन्द्रपुर–९ चेतनगरका मुसहर समुदायको दैनिकि कष्टकर बनेको छ । शीतलहर र चर्को घाम सहँदै आएका उनिहरुलाई अहिले वर्षातबाट जोगिउन मुस्किल भएको हो ।
सहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले चैत्र देखी स्थानिय उपभोक्ता समिति बनाएर दलित समुदायको घर बनाउन सुरु गरेको थियो । तर जनता आवास कार्यक्रमले काम शुरु भएपछि तिन किस्ता पैसा दिने सिस्टम रहेकोमा दोस्रो किस्ता रकम नदिए पछि काम रोकिएको चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोबिन्द दुलालले बताए ।
योजना चाडै सम्पन्न गर्नको लागि संबन्धित निकायमा पटक–पटक ताकेता गर्दा पनि सुनवाई नभएको अध्यक्ष दुलालले भनाई रहेको छ । चन्द्रपुर–९ चेतनगर मुसहरटोलमा ७२ वटा मुसहर समुदायका झुपडी रहेका छन । तीमध्ये डेढ बर्ष अगाडि २५ वटा झुपडी भत्काएर पक्की घर बनिसकेको छ । यसपालि बनिरहेको २० घरको भने पर्खाल उठाइएको छ झ्याल, ढोका, छाना नबनाई अलपत्र छोडिएको छ । छाना नभएका कारण मुसहर समुदाय खुला आकास मुनि महिनौ ंदेखि बर्षातसंग युद्ध गर्न बाध्य भएका छन ।
पर्खाल मात्रै लगाएको घर भित्र केहीले पाल टाँगेर बस्दै आएका छन् भने केहीले फुसको झुपडी बनाएका छन । बर्षातको समयमा बालबच्चालाई पानीबाट जोगाउन धेरै मुस्किल भएका छ, बच्चाहरु बिरामी भईरहेका छन स्थानिय बलिराम माझी मुसहरले पिडा सुनाए । गरिबको पक्षमा बोलिदिने कोही छैनन ,लामखट्टे, हावाहुरी र पानीका कारण बाच्नै मुस्किल भयो स्थानिय महेश माझीले दुखेसो पोखे । दुई कोठाको पक्कीघर अलपत्र परे पछि उनीहरूसँग झुपडी बनाएर बस्ने जमिन समेत नभएको मुसहरहरुको गुनासो रहेको छ ।
त्यही अलपत्र घरमा पराल, त्रिपालले बेरेर उनीहरू बस्दै आएका छन् । सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा पाँच बर्ष अघिदेखि दलित परिवारलाई घर निमार्ण गर्ने कार्यक्रम सञ्चालन गदै आएको हो । तर उक्त कार्यक्रम प्रभावकारी बन्न नसक्दा मुसहर समुदायलाई झनै पिडा थपिएको छ । जिल्लाका धेरै स्थानमा सरकारको कमजोरीले कार्यक्रम प्रभावकारी बन्न सकेको छैन भने केहि स्थानमा निर्माणकर्मीका कारण घरहरु निर्माणको काम अलपत्र रहेको छ ।
२०७८ भदौ १४ गते प्रकाशित

प्रकाशित समय : १२:२५ बजे