back

एनआईसी एसिया क्यापिटलको ४८ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । एनआईसी एसिया क्यापिटलको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को ४८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ।
काठमाण्डौको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा भएको वार्षिक साधारणसभाले चुक्तापुँजीको ४८ प्रतिशत (करसहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको हो। सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको ५ वर्षको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्समध्ये निक्षेप सदस्यतर्फ प्रथम, म्युचुअल फन्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो स्थानमा रहन सफल भएको जानकारी गराए। यसका साथै उनले क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्ममा १० वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र १५ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए।

अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीतिअनुरुप संस्थाले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नवीकरण गर्ने, खुलामुखी योजनाको इकाइको खरिद पुनःखरिद तथा लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ। यसका साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाइको खरिदबिक्रीलगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवालाई डिजिटलाइज रुपमा उपत्यका बाहिरबाट समेत अनलाइनमार्फत गर्दै लैजाने रणनीति संस्थाले लिएको छ।

२०७८ भदौ १३ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...