प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन आउट, भीम आचार्य इन

वि.सं.२०७८ भदौ १० बिहीवार

काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्रीबाट शेरधन राई बाहिरीएर भीम आचार्य आएका छन् । निर्वतमान राईले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका हुन् ।
मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलका नेतामा परिर्वतन भएको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए ।
प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यले मुख्यमन्त्री पाएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
२०७८ भदौ १० गते प्रकाशित

प्रकाशित समय : १३:३५ बजे