back

अफगानिस्तानको उद्धारकार्य समय सक्नुपर्छः बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताएका छन् ।

सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उनले जानकारी दिएका हुन् । उनले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताए ।

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको पनि उनले दोहोर्याए ।

आवश्यक परेमा उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी उनले दिए । उनले भने, आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको छ र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने छन् ।

यस प्रयोजनका लागि तालिबानको सहयोगको भने उनले अपेक्षा गरिएको बताए । अमेरिकाले आगामी हप्ता उद्धार मिसन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनले बताए।

यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्ने बारेमा आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी पनि सो सम्बोधनका क्रममा उनले दिए ।

जति चाँडो यो उद्धारकार्य सम्पन्न हुन्छ त्यति नै राम्रो हुने राष्ट्रपति बाइडेनले बताए । अहिलेसम्म आफूले लिएको उद्धार मिसनमा कुनै असर नपारेको पनि उनले बताए ।

उता तालिबान लडाकुले भने उद्धारकार्ये समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको बताइएको छ ।

जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको भने रहेको बताइएको छ ।
यहाँ अफगानभन्दा पनि बढी त विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ ।

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन् ।

यता नेटो सैन्यआवद्ध गठबन्धन देशले जारी राखेका उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसका कारण यहाँ भीड लागेको र ठूलो सङ्ख्यामाा मानिस आफ्नो देश फर्किन सङ्घर्ष गरिरहेका छन् ।

२०७८ भदौँ ९ गते प्रकाशित


आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२८

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप...