आार्थिक क्रान्तिका अब युवावर्गले अहम भूमिका खेल्नुपर्छः मन्त्री बराल

वि.सं.२०७८ भदौ ९ बुधवार

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका अब युवावर्गले अहम भूमिका खेल्नुपर्ने बताएका छन् ।
योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उनले यस्तो बताएका हुन् ।
उनले अबका दिनमा युवा वर्गहरु सुसङ्गठित भएर उत्पादनसँग जोडिनुपर्ने आवश्यकता रहेको बताएका हुन् । “अबका युवा सामूहिक उद्योग तथा व्यवसायसँगै उत्पादनमा जोडिनुपर्छ, मुलुक उत्पादनमा आत्मनिर्भर नभइ आर्थिक विकास सम्भव हुँदैन”, उनले भने, “युवाले व्यक्तिगत नभइ समाज र राष्ट्रको हितमा काम गर्नुपर्दछ ।”
वाइसिएलका केन्द्रिय सचिव विनय थापाले यही भदौ १२ र १३ गते काठमाडौँमा भर्चुअल माध्यमबाट वाइसिएलको भेला हुन गहिरहेको जानकारी दिँदै कोभिड– १९ का कारण धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको बताए ।
पोखरा–२२ वाइसिएलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पोखरा–२२ का इन्चार्ज त्रिभुवन पौडेल, पार्टी अध्यक्ष चण्डीकाप्रसाद बराललगायतले मुलुकको निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
२०७८ भदौँ ९ गते प्रकाशित

प्रकाशित समय : ११:५२ बजे