सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाई

वि.सं.२०७८ भदौ ९ बुधवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संशोधन/ परिमार्जन तथा थप गरी जारी गरिएको निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।
परिमार्जन गरि जारी गरिएको निर्देशनमा ‘यो निर्देशन जारी हुनुपूर्व भदौ ८ गतेसम्म कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ’ भनिएको छ ।
राष्ट्र बैंकले निर्देशन मार्फत एउटा व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जाको सिमा कायम रहेको उल्लेख छ ।
‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राह कर्जा सीमा एउटा इजाजनपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ ।’
२०७८ भदौँ ९ गते प्रकाशित

प्रकाशित समय : १०:५० बजे