‘एनएमबि सरल बचत फन्ड–ई’ भदौ १७ गतेदेखि बिक्रि खुला

वि.सं.२०७८ भदौ ८ मंगलवार

काठमाडौँ । ‘एनएमबि सरल बचत फन्ड–ई’ मा भदौ १७ गते बिहीबारदेखि आवेदन दिन सकिने छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस ‘एनएमबि सरल बचत फन्ड–ई’ प्रतिकित्ता १० रुपैयाँका दरले भदौ १७ देखि निष्कासन तथा बिक्री खुल्ला हुन लागेको हो ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक क्यापिटल रहेको फण्डले १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
२०७८ भदौँ ८ गते प्रकाशित

प्रकाशित समय : १४:०७ बजे