सुनचाँदीको मुल्यमा बढोत्तरी, कतिमा हुँदै छ कारोबार?
वि.सं.२०७८ भदौ ८ मंगलवार
काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । यो दिन सुनको मूल्य पाँच सयले बढेको हो भने चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएको छ । सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ६ सय र तेजावि सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी पनि तोलामा १० रुपैयाले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हिजो सोमबार सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी हिजो चाँदी तोलामा १० रुपैयााले बढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार सुनको भाउ घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।
२०७८ भदौँ ८ गते प्रकाशित
प्रकाशित समय : ११:४८ बजे