पछिल्लो २४ घण्टामा थप १८०१ मा कोरोना पुष्टि

वि.सं.२०७८ भदौ ७ सोमवार

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पीसीआर विधिबाट ८ हजार ७०४ जनाको परीक्षण गर्दा १ हजार ५४८ जनामा र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार ४४३ पुगेको हो।
पछिल्लो २४ घन्टामा १ हजार ९२४ जना निको भएर डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुने कुल संख्या भने ७ लाख ९७ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ।
देशभर पछिल्लो २४ घन्टामा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। मृतकको कुल संख्या १० हजार ५३३ पुगेको छ।
२०७८ भदौँ ७ गते प्रकाशित

प्रकाशित समय : १८:०५ बजे