back

पत्रकार मुजिबुल्लाह फसाँउने काण्ड, दुई प्रहरी निलम्बित

रौतहट । रौतहटमा सादा पोसाकमा खटिने घुमुवा प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ ।

निर्दोष व्यक्तिलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्वीकार गरेको छ । घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको प्रहरी कार्यालय रौतहटले पुष्टि समेत गरेको छ । सोमबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरि मोजिबुल्लाहलाई फसाएको पुष्टि गरेको छ ।

शाहका अनुसार सञ्जय शहनीले नै धिरज तथा जितेशलाई मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । ३२ साउनमा पत्रकार मोहम्मद मोजिबुल्लाह चढने मोटरसाइकमा लागूऔषध राखिएपछि, शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर लागूऔषध चेक गर्ने लगाइ पक्राउ गराएका थिए ।

तर, सीसीटीभी फुटेज अनुसार षड्यन्त्र गरी मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखी उनलाई फसाएको पुष्टि भएसंगै घटनामा संलग्न रहेका धिरज यादव र जितेर यादवलाई हिरासदमा लिएको थियो । शाहका अनुसार जिल्ला अदालत रौतहट गौरबाट ६ दिनको म्याद थप अनुमति लिई यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । षड्यन्त्र गरी निर्दाेश व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेको र गैरव्यवसायिक काममा संलग्न भएका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको सिद्धिविक्रम शाहले बताए ।

२०७८ भदौँ ७ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...