लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

वि.सं.२०७८ भदौ ७ सोमवार

लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमवार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ । विपक्षमा शून्य मत परेको छ भने एक मत ओभने तटस्थ देखिएको छ ।
प्रदेश सभामा ८० जना सांसद छन् भने आज मतदानमा ४३ जना सांसद उपस्थित थिए मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसै ्कारण विपक्षमा मत नपरेको स्रोतले जनाएको छ।
२०७८ भदौँ ७ गते प्रकाशित

प्रकाशित समय : १७:५६ बजे