माधव नेपाल र राष्ट्रपतिबिच दुई घण्टा भेटवार्ता

वि.सं.२०७८ भदौ ७ सोमवार

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष नेपालबीच आज दिउँसो राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको हो।
शीतल निवास स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको छ। केपी ओलीसँग पार्टी एकताका लागि समझदारी नबन्दा नेता नेपालले एमाले फुटाएर आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्।
निर्वाचन आयोगले भदौ ९ गते सनाखत गराएर नेकपा एकीकृत समाजवादीको प्रमाणपत्र दिने तयारी गरेको छ।
२०७८ भदौँ ७ गते प्रकाशित

प्रकाशित समय : १७:१२ बजे