back

अघिल्लो आर्थिक वर्षमा ११३ संस्थामा सरकारी लगानी, ९८ वटा बाट शून्य प्रतिफल

काठमाडौँ । नेपाल सरकारले अघिल्लो आर्थिक वर्ष (२०७६।७७) मा ९८ वटा संस्थामा गरेको लगानीको प्रतिफल प्रतिफल शून्य रहेको छ । सरकारले अघिल्लो आर्थिक वर्षमा ११३ संस्थामा गरेको लगानीमा ९८ संस्थाको प्रतिफल शून्य आएको हो ।

महालेखापरीक्षकको कार्यालय हालै सार्वजनिक गरेको ५८ औँ प्रतिवेदन अनुसार २०७५।७६ मा सरकारले विभिन्न ११३ वटा संस्थामा २ खर्ब ९६ अर्ब ९२ करोड सेयर लगानी गरेको थियो।
जसबाट आर्थिक वर्ष २०७६।७७ मा १२ अर्ब ७२ करोड र बोनस सेयर प्राप्त समायोजनबाट ६ अर्ब ६ करोड थप भई ३ खर्ब १५ अर्ब ७० करोड सेयर लगानी भएको प्रतिवेदनमा उल्लेख छ।

तर यी संस्थामध्ये ९८ वटा संस्थामा गरेको कुल १ खर्ब ९३ अर्ब ७ करोडबाट कुनै प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ।

महालेखाका अनुसार सेयर लगानीबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७६।७७मा नेपाल राष्ट्र बैंकले ९ अर्ब ९६ लाख, नेपाल टेलिकमले ६ अर्ब १७ करोड ७७ लाख, नेपाल आयल निगमले ४ अर्ब १५ करोड ४७ लाख, कृषि विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख र अन्य ११ संस्थाले २ अर्ब ६९ करोड २६ लाख रुपैयाँ गरी कुल २३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ नगद लाभांश र नेपाल बैंकले ७५ लाख ६ हजार रुपैयाँबराबरको बोनस सेयर उपलब्ध गराएका हुन् ।
२०७८ भदौँ ७ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...