back

झापामा आठ महिने बालिकासहित एकै परिवारका तीन जनाद्धारा आत्महत्या

झापा । झापमा एकै परिवारका तीन जनाले आत्माहत्या गरेका छन् । जील्लाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाको भनाई छ ।

मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ भदौँ ७ गते प्रकाशित


बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

वि.सं.२०८१ कात्तिक २६ सोमवार १६:५२

काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ ।...

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको...

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:१३

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले...

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:५९

काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप...