नेपाल–भारत सीमामा दुई देशका सुरक्षाकर्मीबीच रक्षाबन्धन साटासाट

वि.सं.२०७८ भदौ ७ सोमवार

काठमाडौँ । नेपाल–भारत सीमामा दुई देशका महिला–पुरुष सुरक्षाकर्मीले रक्षाबन्धन साटासाट गरेका छन् । हिजो आइतबार परेको रक्षा बन्धनका दिन सीमामा तैनाथ सुरक्षाकर्मिहरुले आपसमा रक्षाबन्धन बाँधेर आत्मीयता प्रकट गरेका हुन् ।
सिरहासँग सीमा जोडिएको दशगजापारि भारतको बिहार मधुवनी जिल्लाको जयनगरमा जयनगर महिला विकास मञ्चले आइतबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा सहभागी भई उनीहरूले आपसी सम्बन्ध सुमधुर बनाएका हुन्।
पौराणिककालदेखि कायम नेपाल र भारतबीचको रोटीबेटी सम्बन्धलाई अझ प्रगाढ बनाउन पहिलोपटक रक्षाबन्धन कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ। नेपालका महिला सशस्त्र प्रहरी जवानले भारतका एसएसबी र उताका महिला एसएसबी जवानले यताका सशस्त्र प्रहरी जवानलाई राखी बाँधिदिएका हुन्।
२०७८ भदौँ ७ गते प्रकाशित

प्रकाशित समय : ११:५९ बजे