back

जुम्लाका स्थानीय तहमा कुनको कति बेरुजु

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु १२ करोड ६४ लाख २४ हजार बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सिञ्जापछि तिलाको बेरुजु रकम बढी छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् रु ११ करोड ७५ लाख ६९ हजार छ । यस्तै चन्दननाथ नगरपालिकाको छ प्रतिशत अर्थात् रु पाँच करोड ६६ लाख ८९ हजार छ ।

कनकासुन्दरी गाउँपालिकाको ५।०१ प्रतिशत अर्थात् रु तीन करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४।९८ प्रतिशत अर्थात् रु तीन करोड ४८ लाख पाँच हजार बेरुजु देखिएको छ ।

हिमा गाउँपालिकाको १.३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् रु ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख ८५ हजार बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाको रु ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको रु ५५ करोड ४८ लाख १० हजार, तातोपानीको रु ६३ करोड ९३ लाख आठ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाको रु ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको रु ६९ करोड ८३ लाख १८ हजार, सिञ्जाको रु ६६ करोड ४४ लाख ३९ हजार, हिमाको रु ६४ करोड ४९ लाख तीन हजार र चन्दननाथ नगरपालिकाको रु ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ भदौँ ६ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...