पाँचपोखरीकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

वि.सं.२०७८ भदौ ६ आइतवार

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए ।
पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिए। सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उनलाई उद्धार गरिएको हो ।
अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।
२०७८ भदौ ६ गते प्रकाशित

प्रकाशित समय : १२:३६ बजे