back

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने सुविधामा आधारित सेवा सञ्चालनमा ल्याएको हो। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ।

हालको विश्व महामारीका रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणका लागि यस कन्ट्याक्टलेस कार्डका माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकको विश्वास छ। हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रतिकारोबार २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यसका साथै आफ्नो ग्राहकलाई प्रविधिमैत्री सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा यस बैंकले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेबबाट प्रयोग गर्न सकिने मोबाइल बैंकिङ, संस्थागत ग्राहकलाई लक्षित गरी इन्टरनेट बैंकिङ, १०० भन्दा बढी स्थानमा छुटको व्यवस्थासहितको डेबिट तथा क्रेडिट कार्ड, अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै– फ्रि फायर, प्राइम भिडियो, वालमार्ट, नेटफ्लिक्स, पबजी, अमेजन, अलीबाबा, गुगल प्ले स्टोर, फेसबुक, आईक्लाउट, गुगुलमार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने ई–कम प्रिपेड कार्ड तथा अन्य ग्राहकमुखी सेवा तथा सुविधामार्फत बैंकिङको परिस्कृत अनुभव ग्राहकबीच ल्याइरहेको छ।

२०७८ भदौ ४ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:५१

काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत...