back

स्वीट नेपालले युएनडिपी नेपालको सहयोगमा दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल

कन्चनपुर । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा बेदकोट नगरपालिकाका किसानलाई मल र बिऊ विजन सहयोग गरिएको छ । स्वीट नेपाल र नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत २३५ किसानलाई बीउ, जैविक मल लगायतका सामग्री सहयोग गरिएको हो।

एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू गरिएको छ । बेमौसमी तरकारी खेती गर्ने ८० किसानलाई टमाटर, काउली, बन्दागोभीलगायत तरकारीको बीउ र जैविक मल दिइएको छ ।

तरकारीका बिरुवाको नर्सरी तयार गर्नका लागि २० किसानलाई टमाटर, काउली, बन्दाको बीउ र जैविक मल तथा विषादी दिइएको छ । त्यसैगरी खुर्सानी खेती गर्ने ५० किसालाई खुर्सानीको बीउ, मल र विषादी दिइएको छ ।

पोली हाउसभित्र तरकारी खेती गर्ने ३० किसानलाई टमाटर, करेला, मल, बीउलगायत दिइएको छ । त्यसैगरी हल्दी र अदुवा खेती गर्ने ६५ किसालाई समेत मल हस्तान्तरण गरिएको छ । यसअघि गत वर्ष ती किसानलाई औजार, प्राविधिक सहयोग, दक्ष तालिम, आवश्यक साम्रगी सहयोग गरिएको थियो ।

किसानले उद्यमी भई तीनदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आइरहेका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले जानकारी दिए ।

२०७८ भदौ ४ गते प्रकाशित


सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

वि.सं.२०८१ असोज १ मंगलवार २१:०६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा...

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ओली

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ ३० आइतवार १०:५६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२७

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का...

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:२२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले...

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:३७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा...