back

कालीगण्डकी डाइभर्सनको मुद्दा सर्वोच्चको पूर्ण इजलाशमा सुनुवाइ हुने

काठमाडौँ । कालीगण्डकी डाइभर्सनबारेका मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् कालीगण्डकीको पानी तिनाऊमा खसालेर दाइ, कपिलवस्तु क्षेत्रका हजारौं हेक्टर जमीनमा सिंचाइ गर्ने योजना अघि सारेपछि यस आयोजना विरुद्ध मुद्धा दर्ता भएको थियो ।

पूर्ववर्ती सरकारले अघि सारेको यस योजना विरुद्ध परेका सबै मुद्दालाई एकै ठाँउमा राखेर पूर्ण अदालतमा बहस शुरु भएको हो । यस मुद्दामा अधिवक्ता तुलसीराम पोखरेललगायतको मुद्दालाई मूल मुद्दा मानेर बिहीबारका लागि पूर्ण इजलासमा सुनुवाइ तोकिएको हो । इजलासमा न्यायाधीसहरु आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र सुष्मालता माथेमा तोकिएका छन् ।

अधिवक्ता पोखरेल, अधिवक्ता सन्तोष भण्डारीलगायतले दर्ता गरेका रिटमाथिको पहिलो सुनुवाइ न्यायाधीश प्रकाशमानसिंह राउत र हरि फुँयालको इजलासमा भएको थियो। आदेशका क्रममा न्यायाधीशबीच राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा सरेको हो ।

२१ साउनमा राय बाझिएको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको थियो। इजलासले कालिगण्डकीसँग सम्बन्धित रिटलाई एकै मुद्दाका रुपमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।

रिटमा कालीगण्डकीलाई तिनाऊ नदीमा झार्दा कालीगण्डकी नदीको धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वमा गम्भीर असर पर्ने र पर्यावरण प्रतिकूल हुने भन्दै परियोजनाको काम रोक्न माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लगायतलाई विपक्षी बनाईएको छ ।

२०७८ भदौ ३ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...