back

आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा १६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६६.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ७१.२४ प्रतिशतले बढेर २५ करोड ९२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १५ करोड १३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले ४१ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ५६ लाख रुपैयाँ रहेको थियो।

चौथो त्रैमाससम्म संस्थाले २ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

संस्थाको रिजर्भको आकार ५३.७७ प्रतिशतले बढेर ४२ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १७ करोड २१ लाख रुपैयाँ रहेको संस्थाको खराब कर्जा (एनपीएल) ६.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.१७ प्रतिशतमा सीमित थियो।

नेष्डो समृद्धि लघुवित्तले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासनको अनुमति माग्दै संस्थाले गत असार ६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

२०७८ भदौ ३ गते प्रकाशित


आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

वि.सं.२०८२ जेठ १० शनिवार ०६:४४

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार...

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

आज पाचँवटा समितिको बैठक बस्दै

आज पाचँवटा समितिको बैठक बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१५

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...