back

दल विभाजन अध्यादेशको विरुद्धमा सर्वोच्चमा रिट दायर

काठमाडौँ । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पार्टी फुटाउन सहज हुने गरी मंगलबार अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीबाट अध्यादेश प्रमाणीकरण भएसँगै बुधबार नै एमाले फुटेको छ ।

संसद अधिवेशन अन्त्य गरेर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश ततकाल रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ ।

संसद छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरतालाई बढावा दिन खोजिएको रिट निवेदनमा जिकिर गरिएको छ ।

सर्वोच्च अदालतले यसअघि गरेका फैसला समेत विपरीत हुने गरी सरकारले अध्यादेश ल्याएकाले बदरभागी रहेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

२०७८ भदौ ३ गते प्रकाशित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...