माधव पक्षले घोषणा गर्यो नयाँ पार्टीः नाम नेकपा एमाले समाजवादी , चुनाव चिन्ह खुल्ला किताब
वि.सं.२०७८ भदौ २ बुधवार
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी घोषणा गरेको छ । नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएरै नयाँ पार्टी सर्वाजनीक गरेको हो ।
नयाँ पार्टी आजै दर्ता गर्ने तयारी रहेको छ । ‘धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं,’ एक केन्द्रीय सदस्यले भने ।
नेपाल पक्ष यो नाम र चिह्न लिएर निर्वाचन आयोग जाने तयारीमा छ। पार्टी विभाजनका लागि सहजीकरण गर्न सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले केही बेरअघि मात्रै राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन्।
२०७८ भदौ २ गते प्रकाशित
प्रकाशित समय : ०९:४४ बजे