back

भूमि आयोग फिर्ता गर्न हस्ताक्षर

काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ ।

अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अघिको शहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । वर्षौदेखि खनजोत एवं उपयोग गर्दै आएका किसान र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजीको विरोधमा हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष रघुनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार महासङ्घका केन्द्रीयसदस्य टीका अधिकारी, चुडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, उक्त आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङसहितको टोलीले सङ्कलित हस्ताक्षर प्रधानमन्त्री समक्ष पु¥याउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई बुझाएको हो ।

सहायक प्रजिअ पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पु¥याइने जानकारी दिए । अभियानमा ११ हजारभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष भण्डारीले बताए ।

२०७८ साउन ३२ गते प्रकाशित


अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर  मनाइँदै

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ११:२२

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:१३

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ...