१० हजार नगद राशिसहित ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’, यसरी हुन सकिन्छ सहभागी

वि.सं.२०७८ साउन ३२ सोमवार

काठमाडौँ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्स’ नामक आकर्षक अभियान सुरु गरेको छ।
उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले १ हजारका दरले पुररस्कार प्राप्त गर्नेछन्। यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु। १० हजार नगद प्राप्त गर्न सक्नेछन्।
यस अभियानमा सहभागी हुन ग्राहकले सो अभियान सुरु भएको १ महिनासम्म तलमध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ। सो अभियान भोलि भदौ १ गतेदेखि सुरु हुँदैछ।
–‘कुमारी स्मार्ट’ एपमार्फत आफ्नो खाताको विवरण हेर्ने, अथवा
-टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ।
कुमारी बैंकले डिजिटल प्रणालीमार्फत सधैँ आफ्ना सेवाग्राहीमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। यसका साथै यस अभियानमार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परिस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्वारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकले प्रतिबद्धता जनाएको छ।
२०७८ साउन ३२ गते प्रकाशित

प्रकाशित समय : १०:५० बजे