back

मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौँ । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजीनामा दिएका छन् ।

विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

उनले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गरेका हुन्, “हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।” राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् ।

राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन् ।

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो । “प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हुँदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ”, विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेखेका छन् ।

सामाजिक सञ्जालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गरेका छन् । गत वर्षको मार्चमा उनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उनी अहिले अल्पमतमा परेका हुन् ।

२०७८ साउन ३२ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...