आज यी सात कम्पनीले बनाय आफ्ना लगानीकर्तालाई मालामाल
वि.सं.२०७८ साउन ३२ सोमवार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने थप दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
यो दिन नेशनल हाईड्रोपावर कम्पनी, कर्पाेरेट डेभलपमेन्ट बैंक, रिडि हाईड्रोपावर कम्पनी, खानीखोला हाईड्रो र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो । भने रुरु जलविद्युत परियोजना र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो ।
अर्थात या दिन रुरुको सेयर मूल्य ९.४४ र हिमालयन उर्जाको ९.१७ प्रतिशतले बढेको छ ।
आज नेप्से ५.७५ अंकले बढेर ३१६०.०९ बिन्दूमा पुगेको छ । त्यस्तै २२७ कम्पनीको २ अर्ब ६८ करोड १७ हजार ८०५ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
२०७८ साउन ३२ गते प्रकाशित
प्रकाशित समय : ०९:३३ बजे