प्रदेश २ को नयाँ प्रमुखबाट बाहिरीय अहिराज, आए हरिशंकर मिश्र

वि.सं.२०७८ साउन ३२ सोमवार

काठमाडौँ । सरकारले प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रमुख डा. राजेश अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गरेको हो। डा. अहिराजलाई केपी शर्मा ओली सरकारले नियुक्त गरेको थियो ।
मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन्। उनी एक पटक सांसद पनि भइसकेका छन्।
२०७८ साउन ३२ गते प्रकाशित

प्रकाशित समय : ०९:२१ बजे