back

नबिल बैंकको नाफा साढे चार अर्ब, लाभाशं ३१ प्रतिशत दिन सक्ने

काठमाडौँ । शेयर लगानीकर्तालका लागि धेरै चाँसोको रुपमा रहने नबिल बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । हरेक वर्ष लगानीकर्तालाई अरु कम्पनीले भन्दा बढी लाभांश दिने भएकाले नविल लगानीकर्ताको नजरमा पर्ने गर्छ । त्यसो त नवीलले यो वर्ष पनि ३१ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएका हो ।

बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिकांश सूचकहरुमा उछाल आएको छ । बैंकिङ क्षेत्रकै ब्लुचिप कम्पनी भनेर चिनीने नवीलको समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा नै ४ अर्ब १४ करोड रहेको छ । बैंकमा सेयर प्रिमियमको रुपमा १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा बैंकको लाभांश क्षमता ३१.०९ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुले हालसम्म प्रकाशित गरेका वित्तीय विवरण हेर्दा सबैभन्दा बढी लाभांश क्षमता नवील बैंकले नै बनाएको देखिएको हो । नवीलले विगतका वर्षहरुमा समेत आफ्ना सेयरधनीलाई उच्च दरको लाभांश वितरण गर्दै आएको छ ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ५० करोड खूद नाफा आर्जन गरेको छ । राष्ट्रबैंकले सर्कुलरमार्फत असल कर्जाको प्रभिजनिङ ३० प्रतिशतले बढाउँदा समेत नवील बैंकले कायम गरेको नाफा निकै लोभलाग्दो छ ।

अघिल्लो वर्षको यही अवधिमा नवील बैंकको खूद नाफा ३ अर्ब ४६ करोडमा सीमित थियो ।

कोरोनाकालमा समेत आक्रामक व्यवसाय विस्तार नीति लिएको बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड रहेको खूद ब्याज आम्दानी बढेर समीक्षा वर्षमा ७ अर्ब ७२ करोड पुगेको हो ।

नवील बैंकको अघिल्लो वर्ष ५ अर्ब ९ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६ अर्ब ४३ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष ३ अर्ब ५७ करोडमा सीमित बैंकको रिटेन अर्निङ बढेर यो वर्ष ४ अर्ब ३० करोड पुगेको छ भने रिजर्बको आकार समेत १२ अर्ब १८ करोडबाट बढेर १५ अर्ब २ करोड माथि पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा निक्षेप र कर्जातर्फ बैंकले क्रमशः १७.१२ र ३३.८० प्रतिशतको प्रगति गरेको देखिएको छ ।

समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४० पैसा रहेको छ भने बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ०.९८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.७८ प्रतिशतमा सीमित बनाउने सफलता समेत प्राप्त गरेको छ ।
.६९ गुणा, प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ, तरलता अनुपात २३.४९ प्रतिशत कायम भएको छ ।

२०७८ साउन ३२ गते प्रकाशित


आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

वि.सं.२०८२ जेठ १० शनिवार ०६:४४

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार...

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

आज पाचँवटा समितिको बैठक बस्दै

आज पाचँवटा समितिको बैठक बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१५

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...