यूनाइटेड इन्स्योरेन्सका साधारण सभा सम्पन्न

वि.सं.२०७८ साउन ३२ सोमवार

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज भर्चुअलमाध्यम मार्फत सम्पन्न भएको हो ।
सभाबाट संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।
सभाले आर्थिक वर्ष ०७७।०७८ का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।
कम्पनीे आ. व. ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढिले वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनीहरुले कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरे ।
२०७८ साउन ३२ गते प्रकाशित

प्रकाशित समय : ०७:१२ बजे