back

थप २२१२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १२ हजार १०६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर संक्रमितको कुल संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार ८६७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ।
हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ जनाको कोरोना संक्रमण मृत्यु भएको पुष्टि भएको छ। मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ।

२०७८ साउन ३१ गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १६:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल...

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १२:१०

काठमाडौं । मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप...

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

वि.सं.२०८१ असोज २० आइतवार १८:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...