back

एशियन लाइफ इन्स्योरेन्सको नाफा २५ करोड बढी, बीमा शुल्क आर्जन ५.८ अर्ब

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आर्थिक वर्षको तुलनामा ३९.८५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको समिक्षा अवधिमा कम्पनीले १८ करोड १८ लाख ६३ हजार २५४ रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय १ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीले ९९ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ६२ करोड ६८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ८२ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमा कोषको आकार २२.५२ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जीवन बीमामा २१ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो। अघिल्लो वर्ष ५४ करोड ७० लाख ६५ हजार २९८ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८९ करोड ९२ लाख ६५ हजार ८८० रुपैयाँ भएको छ।

यो अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख २५ हजार ६१ रहेको छ। अघिल्लो वर्ष कुल कायम रहेको बीमालेखको संख्या २ लाख ९० हजार ७२३ रहेको थियो।

चुक्तापुँजी २ अर्ब १ करोड रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, पीई अनुपात १०६.५७ गुणा र प्रतिसेयर नेटवर्थ १४९.२४ रुपैयाँ रहेको छ।

 

२०७८ साउन ३१ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२०

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:१७

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास...

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...